+
Side Bar Header Desktop Recovered

गलकोट समाज जापानद्वारा सांगीतिक धमाका २०२४ को आयोजना हुँदै

Kyoto Khabar
Posted on 2 years ago

गगलोट समाज जापानले आउँदै गरेको डिसेम्बर ३१, २०२४, मंगलबार साँझ ६:०० बजे ओसाकाको होटल बाली टावर (तेनोजी) मा “सांगीतिक धमाका २०२४” कार्यक्रम आयोजना गर्ने भएको छ। यस विशेष सांगीतिक कार्यक्रममा चर्चित नेपाली कलाकारहरू बसन्त थापा, सूर्य खड्का, सुनीता बुढा क्षेत्री, र नवीन रानाले आफ्ना आकर्षक प्रस्तुति दिनेछन्। शिक्षा, स्वास्थ्य, र खेलकुदको प्रवर्द्धनमार्फत समुदायको समृद्धि लक्ष्य राखिएको यो कार्यक्रमको तयारी भइरहेको गलकोट समाजको सचिब दिलिप कडेलले बताए ।

कार्यक्रमलाई अझ विशेष बनाउन विभिन्न रोचक गतिविधि र उपहारहरू समावेश गरिएको छ।  सचिव कडेलले कार्यक्रममा मनोरञ्जनका साथ सबैका लागि विशेष अनुभव हुने समेत  बताए। स्थानको थप जानकारीका लागि QR कोड स्क्यान गर्न पनि सकिने छ। गगलोट समाज जापानले सबैलाई यस ऐतिहासिक सांगीतिक कार्यक्रममा सहभागी हुन आमन्त्रण समेत गरेको छ।

प्रतिक्रिया

Bio