+
Side Bar Header Desktop Recovered

क्योटोमा घरभन्दा होटलको संख्या बढी: पर्यटनले बदलिँदै स्थानीय जीवनशैली

Kyoto Khabar
Posted on 11 months ago

हालै सार्वजनिक गरिएको एक अध्ययनअनुसार क्योटो शहरमा अब आवासीय घरहरूको तुलनामा होटलहरूको संख्या बढी भइसकेको छ। पर्यटनको तीव्र विकाससँगै घरधनीहरूले आफ्ना निजी घरहरूलाई होटल, गेस्टहाउस वा Minpaku (Airbnb जस्ता सेवा) मा रूपान्तरण गर्न थालेका छन्। विशेष गरी शहरको केन्द्रमा  जस्तै शिमोग्यो, हिगाशियामा र साक्यो वडामा  होटलहरूको घनत्व तीव्र गतिमा बढिरहेको छ, जसले आवासीय संरचना बिथोलिएको छ।

यस प्रवृत्तिले स्थानीय बासिन्दाको जीवनशैलीमा प्रत्यक्ष असर पारेको छ। समुदायहरू खण्डित हुँदै गएका छन्, किनभने छिमेकी घरहरू व्यवसायिक भवनमा रूपान्तरण भएका छन्। राति अबेरसम्म हुने आवाज, भीडभाड र फोहोरका समस्या बढ्न थालेका छन्। साथै, क्योटोमा बस्न चाहने नयाँ परिवारहरूले उपयुक्त घर पाउन कठिनाई भोगिरहेका छन्, र भाडा दर समेत महँगो हुँदै गएको छ।

शहर प्रशासनले सन् २०१८ देखि Minpaku सेवामा कडाइ ल्याउँदै विभिन्न नियमहरू लागू गरेको भए पनि यसको प्रभाव पर्याप्त देखिएको छैन। क्योटो नगरपालिकाले स्थानीय समुदाय जोगाउने नीति अन्तर्गत परम्परागत क्योटो घरहरू (Kyo-machiya) को संरक्षण र अनावश्यक व्यवसायिक प्रयोग रोक्न कदम चालिरहेको छ। यद्यपि, विशेषज्ञहरूका अनुसार दीर्घकालीन समाधानका लागि पर्यटन र आवासीय आवश्यकताको सन्तुलन कायम गर्न थप ठोस नीति र स्थानीय सहभागिता आवश्यक छ।

प्रतिक्रिया

Bio