+
Side Bar Header Desktop Recovered

लिपुलेक व्यापारिक नाका संचालनसम्बन्धी सहमतिको विरोधमा जापानस्थित नेपाली जनप्रगतिशील मंचको आपत्ति

Kyoto Khabar
Posted on 11 months ago

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने कुनै पनि विदेशी हस्तक्षेपप्रति आपत्ति जनाउँदै जापानस्थित नेपाली जनप्रगतिशील मंचले भारत र चीनबीच लिपुलेक व्यापारिक नाका संचालन गर्ने सहमतिको कडा विरोध गरेको छ।

मंचद्वारा जारी प्रेस वक्तव्यमा लिपुलेक, कालापानी र लिम्पियाधुरासहितका भूभाग नेपाली भूभाग भएको प्रमाण विभिन्न नक्सा, अभिलेख र सन्धि–सम्झौताले स्पष्ट पारिसकेको उल्लेख गर्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो आघात भएको जनाइएको छ।

मंचले नेपाल सरकारलाई सीमासम्बन्धी संवेदनशील विषयमा दृढ भई कूटनीतिक पहल गर्न आग्रह गर्दै नेपालको भूभाग संरक्षणमा पहिलो दायित्व सरकारकै हुने उल्लेख गरेको छ।

यसै क्रममा, मंचले तत्काल भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाई नेपाल सरकारले चाँडो कदम चालेर भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, विदेशमा रहेका नेपाली, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय स्वाधीनता र सीमा रक्षा अभियानमा एकजुट भई दबाब सिर्जना गर्न समेत आह्वान गरिएको छ।

प्रतिक्रिया

Bio