+
Side Bar Header Desktop Recovered

एनआरएनए जापानको केन्द्रिय सदस्य पदका लागि अग्निराज त्रीपाठिको उमेदवारी घोषणा

Kyoto Khabar
Posted on 11 months ago

ओसाका, जापान – लामो समयदेखि जापानमा बसेर व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अग्निराज त्रिपाठीले गैरआवासीय नेपाली संघ (NRNA) जापानको सदस्य पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्।

पोखरा २८ ,कालिका, कास्कीमा जन्मिएका र पोखराको विरौटालाई स्थायी बासस्थान बनाएका त्रिपाठी हाल जापानमा १९ वर्षदेखि बसोबास गर्दै आएका छन्। उनले सन् २०१६ अप्रिल २० देखि जापानमा Sky Company संचालन गर्दै आएका छन्, जसले नेपाली समुदायलाई रोजगारीका अवसर दिनुका साथै सामाजिक सहयोगमा समेत विशेष भूमिका खेलेको छ।

विद्यार्थी भिसाबाट सुरु भएको जापान यात्रा आज सफल व्यवसायी तथा समाजसेवकको रूपमा परिचित भएका त्रिपाठीले लामो समय देखी NRNAको क्रियाकलाप नियाली अब यो समय को सदुपयोग हुन जरूरी ठानी प्रवासी नेपालीको हकअधिकार, सहयोग र समृद्धिको लागि योगदान पुर्‍याउने अठोटसहित सदस्य पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।

उमेदवारी घोषणा गर्दै त्रिपाठीले भने, “म जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको आवाज बन्न चाहन्छु। हाम्रो समाजको हरेक सदस्यको समृद्धि र सहकार्य मेरो प्राथमिकता हुनेछ।”

उनको उमेदवारीप्रति जापानस्थित नेपाली समुदायबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

प्रतिक्रिया

Bio