+
Side Bar Header Desktop Recovered

जापानमा नेपाली जनसंख्याको नयाँ तथ्यांक सार्वजनिक

Kyoto Khabar
Posted on 1 year ago

जापान अध्यागमन सेवा एजेन्सीका अनुसार, सन् २०२४ को जुन ३० सम्म जापानमा रहेका नेपाली जनसंख्याको विस्तृत विवरण सार्वजनिक भएको छ। तथ्यांकअनुसार नेपाली समुदायमा युवापुस्ताको बाहुल्यता रहेको देखिन्छ। विशेषगरी, २०-२४ वर्ष उमेर समूहमा सबैभन्दा धेरै नेपाली छन्, जसको संख्या ५९,७०२ पुगेको छ.

तथ्यांकको  अनुसार जापानमा रहेका अधिकांश नेपालीहरू अध्ययन तथा रोजगारीका लागि आएका युवा हुन्। २५-२९ वर्ष उमेर समूहमा ४८,३०४ नेपाली छन्, जसले कामदार तथा विद्यार्थीहरूको ठूलो संख्यालाई दर्शाउँछ। ३०-३४ वर्षका नेपालीहरूको संख्या ३१,३३० रहेको छ, जसले स्थायी रूपमा जापानमा बस्ने नेपालीहरूको बढ्दो प्रवृत्तिलाई देखाउँछ।

नेपाली समुदायमा बालबालिका र पारिवारिक आप्रवासन पनि बढ्दै गएको देखिन्छ। ०-४ वर्ष उमेर समूहका नेपालीहरूको संख्या १०,२८९ पुगेको छ, भने ५-९ वर्ष उमेर समूहमा ४,३०८ जना रहेका छन्। यसले जापानमा परिवारसहित बस्ने नेपालीहरूको वृद्धि भइसकेको संकेत गर्छ।

६५ वर्षभन्दा माथिको नेपाली जनसंख्या भने निकै कम छ। ६५-६९ उमेर समूहमा ९८ जना, ७०-७४ उमेर समूहमा २४ जना, र ८० वर्षभन्दा माथिका जम्मा ६ जना मात्र छन्। यसले देखाउँछ कि जापानमा नेपालीहरू मुख्य रूपमा श्रमशक्ति केन्द्रित छन्, र दीर्घकालीन रूपमा बसोबास गर्ने बृद्ध नेपालीको संख्या अझै न्यून रहेको छ।

प्रतिक्रिया

Bio