+
Side Bar Header Desktop Recovered

जापानले मूल्यवृद्धि नियन्त्रण गर्न २१०,००० टन सञ्चित चामल बजारमा पठाउने

Kyoto Khabar
Posted on 1 year ago

जापान सरकारले चामलको मूल्यवृद्धि नियन्त्रण गर्न २१०,००० टन सञ्चित चामल बजारमा पठाउने घोषणा गरेको छ। कृषि मन्त्री ताकु एतोका अनुसार यो पहिलोपटक सञ्चित चामल वितरण गर्न लागिएको हो, जसले बजारलाई पुनः सन्तुलित बनाउने अपेक्षा गरिएको छ। बोली प्रक्रिया पछि मार्चको मध्यबाट  व्यापारीलाई हस्तान्तरण गरिनेर  चामल अप्रिलको सुरुमा स्टोरहरूमा उपलब्ध हुनेछ।

यो चामल मुख्यतः २०२४ को उत्पादनबाट लिइनेछ, साथै केही मात्रा २०२३ को भण्डारणबाट पनि प्रयोग गरिनेछ। जापानको वार्षिक चामल उत्पादन अघिल्लो वर्षभन्दा १,८०,००० टनले बढेर ६.७९ मिलियन टन पुगेको भए पनि प्रमुख वितरकहरूले २१०,००० टनको अभाव महसुस गरिरहेका छन्। यसलाई सन्तुलन गर्न सरकारले सञ्चित चामल बजारमा पठाउने निर्णय गरेको हो।

फुकुशिमा प्रिफेक्चरमा रहेको भण्डारण केन्द्रमा सञ्चित चामल हाल वितरणका लागि तयार पारिएको छ। कृषि मन्त्री एतोले चामलको मूल्यमा भएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न यो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। दीर्घकालीन रूपमा बजार स्थिर राख्न सरकारले थप नीतिहरू अवलम्बन गर्न आवश्यक पर्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

Bio