+
Side Bar Header Desktop Recovered

मर्नबाट जोगिएँ, तर अब त्यो कोठा फर्केर जान्न

Kyoto Khabar
Posted on 1 year ago

मैले कहिल्यै कल्पना गरेकी थिइनँ, जापानको सपना पूरा गर्न आएकी म यस्तो कहालीलाग्दो क्षणबाट गुज्रिनुपर्ला भनेर। गिता ( नाम परिवर्तन ) र म, हामी दुवै उच्च आकांक्षा लिएर नेपालबाट जापान आएका थियौं। हाम्रो यात्रा सँगै सुरू भयो, होस्टलको एउटै कोठामा बस्थ्यौं, तर समय बित्दै जाँदा हामीबीच साना-साना कुरामा मनमुटाव बढ्दै गयो। कहिले खाना पकाउने, कहिले भाँडा माझ्ने, कहिले फोनमा बोल्ने कुरामा विवाद भइरहन्थ्यो।

सँगै बसेर खाएको दिनहरू टाढिँदै गए, हामी एउटै कोठामा भए पनि आ-आफ्नै खाना पकाएर खान थाल्यौं। त्यो रात, जब मैले बत्ती निभाउन खोजेँ, गिताले सुत्दिन भनिन्।

म चुपचाप आफैं उठेँ र बत्ती निभाएँ। एक्कासि, उनको स्वर चर्कियो— “म घरमा बोल्दैछु!” मैले केही बुझ्न नपाउँदै, उनी हातमा चक्कु बोकेर मेरो नजिक आइन्। मेरो शरीर शिथिल भयो, मनभित्र भयको आँधी चल्यो। त्यो एकक्षणमा मरेँ कि बाँचें, थाहा भएन। भाग्यवश, म बाँचें। डरले म तुरुन्तै कोठाबाट बाहिरिएँ र अर्को कोठामा बस्ने साथीकोमा गएँ। त्यो रातभर निदाउन सकिनँ, हृदयभित्रको कम्पन रोकिएन। भोलिपल्ट बिहानै साथी सँगै गएर कोठा छोडेँ।

सँगै आएको मित्रतालाई पनि त्यहीँ टुंग्याएँ। सपनाको यात्रा गर्दा मित्रताको नाममा सबै सहनु पर्दैन, आत्मसम्मान र सुरक्षाको महत्त्व पनि बुझ्नुपर्छ भन्ने पाठ मैले तिखो चक्कुबाट सिकेँ।

प्रतिक्रिया

Bio