+
Side Bar Header Desktop Recovered

चार सहरमै गलकोट समाजको ‘सांगीतिक धमाका’ सुखद रह्यो – महासचिव दिलिप कँडेल

Kyoto Khabar
Last updated on January 6th, 2025,

गलकोट समाज जापानले ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनउपयोगी शिक्षा, स्वास्थ्य, र खेलकूदमा लगानी’ उद्देश्यका साथ आयोजना गरेको ‘सांगीतिक धमाका-२०२५’ जापानका सिजुओका, ओसाका, नागोया, र टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ।

Fb Img 1735985317783

महासचिव दिलिप कँडेलले भने, “चार सहरमै गलकोट समाजको सांगीतिक धमाका सुखद रूपमा सम्पन्न भयो यस अभियानले गलकोटेसहित जापानमा रहेका नेपालीहरूलाई एकजुट गराएको छ।” यो हाम्रो लागि सुखद पक्ष हो।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार वसन्त थापा, सुनिता बुढा क्षेत्री, नविन राना, र सूर्य खड्काले आफ्ना प्रस्तुति दिए। डिसेम्बर ३० मा सिजुओकाबाट सुरु भएको कार्यक्रम जनवरी २ मा टोकियोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको उपस्थितिमा समापन भएको थियो।

समाजका अध्यक्ष रत्नसिंह बस्नेतले गलकोट समाज जापानले विगतदेखि नै सामाजिक सेवामा योगदान गर्दै आएको बताउँदै यस कार्यक्रमले थप सकारात्मक प्रभाव पारेको उल्लेख गरे।

कार्यक्रमका मुख्य प्रायोजक सुमेघ ग्रुप नेपाल थिए। अन्य प्रायोजक र साझेदारमा रेसुङ्गा फुड एण्ड सर्भिसिङ, प्राइम स्टाफ, इ-सेवा मनी ट्रान्सफर, र नेपाल एयरजस्ता संस्थाहरूले सहयोग गरे।

गलकोट समाज जापानले आगामी दिनमा पनि सामाजिक सेवा र नेपाली संस्कृतिको प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको महासचिव कँडेलले बताए।

प्रतिक्रिया

Bio