+
Side Bar Header Desktop Recovered

जापानी प्रेमिकाको छुरा प्रहारबाट नेपाली युवाको हत्या

Kyoto Khabar
Last updated on October 7th, 2025,

जापानको चिबा प्रान्तस्थित नराशिनो सिटीमा एक नेपाली युवकको हत्या भएको छ। हत्या भएका व्यक्ति म्याग्दी घर भई हाल पोखरा बस्ने २१ वर्षका बादल छन्त्याल हुन्।

प्राप्त विवरण अनुसार बादललाई उनकी जापानी प्रेमिका (३० वर्ष समूहकी)ले छुरा प्रहार गरी हत्या गरेकी हुन्। उनीहरू विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए र हरेक आइतवार त्यही होटलमा भेट्ने गर्थे। यो पटक पनि उनीहरू अन्तिम भेटका लागि सोही होटल पुगेका थिए।

आइतवार बिहान ३ बजेसम्म बादल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। त्यसपछि दिउँसो ४/५ बजेतिर उनका दाजु तेजन छन्त्यालले बादल मृत अवस्थामा भेटिएको खबर पाएका थिए।
घटनास्थल सोही होटलको कोठा रहेको र बादलको शरीरमा दुई वा दुईभन्दा बढी पटक छुरा प्रहार भएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया

Bio