
म हाल रोजगारको शिलशिलामा जापानमा आफ्नो दैनिकी काम र निजी जीवन निर्वाह गर्दै आईरहेको छु। आज बिरामी मातृभूमिले भोगेको पीडा आफैंलाई दिँदै छु। विभिन्न तथ्याङ्कको आधारमा पछिल्लो १०० वर्षको अन्तरमा भएका नेपालका ऐतिहासिक राजनीतिक घटनाहरू समावेश गर्न खोजेको छु।
१. राणा शासनको अन्त्य र प्रतिनिधिमूलक सरकारको सुरुआत (1951)
२. राजद्वारा प्रजातन्त्र र पञ्चायत प्रणाली (1960–1990)
३. पहिलो जनआन्दोलन — 1990 (Jana Andolan I) — बहुदलीय संसदीय प्रणाली फिर्ता भयो र संवैधानिक राजतन्त्र कायम भयो।
४. माओवादी ‘जनयुद्ध’/गृहयुद्ध (1996–2006) — 2006–2008 शान्ति प्रक्रिया आदि।
५. राजपरिवारको हत्याकाण्ड (2001)
६. राजाको प्रत्यक्ष शासन र दोस्रो जनआन्दोलन (2005–2006)
७. राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा (2008)
८. नयाँ संविधान र विरोध (2015–2016)
त्यसपछिको राजनीतिक अस्थिरता, युवा/नेपाली जनसमूहका आन्दोलन र 2020s को आर्थिक/सामाजिक चुनौती, र अहिले 2025 मा युवा/Gen-Z–सञ्चालित आन्दोलन। म टाढा होइन, हाम्रै पुस्ताको बालापनमा देखेको माओवादी गृहयुद्ध (१९९६–२००६) सम्मको मानवीय क्षति १७,८०० घर-परिवार विस्थापित, अनुमानित अमेरिकी १६६.२ अर्ब डलरको क्षति सहित व्यवसायिक लगानीमा दीर्घकालिन क्षति पुर्याएको थियो।
देशमा यो २० वर्षको अन्तरमा बारम्बार सरकार परिवर्तन हुनुका साथै सब-संसदीय एवं स्थानिय खचिलो चुनाव र प्राकृतिक प्रकोपका कारण भएका नोक्सानी, २०१५ मा आएको विनाशकारी भूकम्पले हजारौं मानवीय क्षति र १०–१२ अर्बको भौतिक क्षति, एउटा घाउ बिलाउन नपाउँदै २०१५–२०१६ सीमावर्ती बन्दका कारण भएको अर्बौं दैनिकी घाटा सहदै, मुलुकको विकासका लागि खटिने दरिला जनता र कसैको शरण नपर्ने नागरिक सबैको लडाईले देश बनाउने र बन्छ भर्ने आशा बोकेका नागरिकको भावना वर्तमान नेतृत्वले नबुझ्दा “भ्रष्टाचारको बिरोध र स्थायी सरकारको माग” गर्दै आएको GEN-Z युवाको आन्दोलन, जुन अहिले सम्मकै विनाशकारी द्वन्द्व हुन पुगेको छ।
वर्तमान परिवेशमा नेपालको राजनीतिक अवस्था स्थिर नहुनु र भ्रष्टाचार चरम बिन्दु पार गरेको स्थिति हामी सबैलाई अवगत नै थियो। जसमा अहिले उच्च शिक्षा अध्ययनशील सचेत युवाले विरोध कार्यक्रमको आयोजना गरे जुन GEN-Z युवा पुस्ताको नामबाट सुरू भएको शान्तिपूर्ण आन्दोलन युद्धभूमिमा परिणत भयो। पहिलो दिन भएको घटना, घटना होइन, म अपराधको रूपमा लिएको छु, जुन सत्ता र शक्तिको डम्ब, कसैको सन्तुष्टि पार्ने गरिएको गोली प्रहार अहिलेका युवा विद्यार्थी, भोलिका नेतृत्वको हत्या हुन पुगेको छ। उनीहरूको एक गलत कदमले देश रक्तभूमिमा परिणत भयो। GEN-Z गलत थिएन, सही थियो र आन्दोलन पनि सही!
तर दोस्रो दिन भएको आन्दोलन कसको चलखेल भयो, घुसपेट भयो त्यो थाहा भएन। तर तिनीहरू पनि देशको माया भएर नै आन्दोलनमा आएका थिए। परिवर्तनको चाहना सबैलाई थियो र छ। तर राजनीतिक ज्ञानको कमी र विभिन्न राजनीतिक दलका घमण्डले भरिएका नेताको अभिव्यक्ति र भ्रष्टाचारको खोल ओडेर मस्त भएकाको अन्त्यको लागि रिसमा आएर आभेगमा, देशका भौतिक सम्पदा र संरचनामा प्रहार गरिएको कदम निन्दनीय सावित भएको छ।
जसको परिणाम आज खरानीमा परिणत भइ जनताले भोग्नु परेको छ। यसमा भएको मानवीय क्षति र सरकारी एवं निजी सम्पत्तिको विनासले हरेक सच्चा नेपालीको मन रोएको छ, पोलेको छ। यो मेरो समूहका युवापुस्तामा देखिएको राजनीतिक ज्ञानको कमी हो।
अभिभावक, समाज, समुदाय र निजी क्षेत्रका विद्यालयहरूले राजनीतिकलाई गलत तरिकाले व्याख्या गरिदिएका छन्। यो फोहोर खोल हो, राजनीतिक गर्नुहुन्न भन्ने जस्ता नकारात्मक सोचका कारण युवा प्रति राजनीतिक चासो र अन्तर्राष्ट्रिय कूटनीतिक ज्ञानको कमी भएको छ। राजनीतिक भनेको दल वा पार्टी मात्र होइन। राजनीतिक भनेको राज्य, सरकार, संविधान, कानुन, विचारधारा, प्रक्रिया र अन्तर्राष्ट्रिय कूटनीति र संगठन हो। छोटकरीमा भन्नुपर्दा, राज्य, समाज कसरी चल्छ, जनता र राज्यबीचको सम्बन्ध कस्तो छ भन्ने कुराको चित्रण हो।
राजनीतिक देशप्रति को माया र सद्भाव हो, कायम राख्ने शिक्षा हो। आजको युगमा प्राविधिक ज्ञानको साथै राजनीतिक र आर्थिक अर्थशास्त्रको पनि उत्तिकै महत्व छ। जुन विश्व राजनीतिक अवस्थासँग प्राविधिक विकासलाई सँगै लिएर जान सक्ने साधन हो। यसको प्रत्यक्ष असर अहिले राजनीतिक सहमतिको लागि भइरहेको युवा GEN-Z मा देखिएको छ, जहाँ अवसर पाएर पनि निर्णय गर्न सकिरहेका छैनन्।
अब आगामी दिनमा मेरा प्रिय अभिभावक–आमा, बुवा, दिदीबहिनी, दाजुभाइहरू आफ्नो नानीबाबुलाई ५ किलो झोला बोकाएर स्कुल मात्र होइन, नैतिक, सांस्कृतिक शिक्षा पनि दिनुहोस्। अबको नयाँ पुस्तालाई विशेष गरी युवा पुस्तामा राजनीतिक चेतना, भावना र अन्तर्राष्ट्रिय कूटनीतिक प्रणालीको ज्ञान भएन भने मुलुक सधैं अन्धकारमा नै जानेछ। जसको प्रतिफल द्वन्द्व, हिंसा र अपराधिक गतिविधि भन्दा केहि हुने छैन।
युवामा राजनीतिक चेतना ल्याउन जरुरी छ। शिक्षाप्रणाली मार्फत हराएका नैतिक शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्धी विषयको समावेश, युवा लक्षित डकुमेन्टरी र व्यावहारिक नीति कार्यशाला, राष्ट्रिय भावना, संस्कृति, इतिहास र राष्ट्रिय सम्पत्तिप्रतिको उत्तरदायी र बैदेशिक नीतिगत सचेतना आवश्यक छ। दल र जनताको प्रतिनिधिको उत्तरदायी बिहीन भएर आफ्नो र आफ्नो कुनै सेलिब्रिटी भन्दा पनि समाज र युवासँग संवाद कायम गर्नु जरुरी छ।
सन्तान–आमाको मायाले अंकमाल गर्दा, बिरामी आमाको मृत्यु भएको थाहा पनि भएन। हो, यस्तै अवस्था भएको छ अहिले। भ्रष्टाचारले बिरामी देश बचाउन खोज्दा यिनै कुराको कमीले आज यो अवस्थामा आएको छ।